Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बीमा प्राधिकरणले ६ कम्पनीलाई हकप्रद ल्याउन दिने

२०८० श्रावण ३२ गते

बैंकिङ खबर/ बीमा प्राधिकरणले तोकिएको न्यूनतम पुँजी पुर्याउन नसकेका ६ वटा बीमा कम्पनीलाई पनि हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ ।

प्राधिकरणको सञ्चालक समितिको बैठकले ६ वटा बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो । पहिलो चरणमा मर्ज भएर पनि तोकेको पुँजी नपुगेका ३ वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिने प्राधिकरणले निर्णय गरेको छ ।

पहिलो चरणमा सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ, युनाइटेड अजोड, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई हकप्रद सेयर निकाल्न दिने निर्णय गरेको प्राधिकरणले गरेको छ । यी कम्पनीलाई न्यूनतम १० प्रतिशतदेखि २५ प्रतिशतसम्म हकप्रद सेयर निष्कासनको अनुमति दिइने प्राधिकरणले निर्णय गरेको हो ।

पुँजी पुर्याउन सानिमा रिलायन्सलाई १९.५० प्रतिशत, सूर्यज्योतिलाई १० प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई २१.९५ प्रतिशत, युनाइटेड अजोडलाई २३.२६ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सलाई २५ प्रतिशत र हिमालयन एभरेष्टलाई ११.६१ प्रतिशत हकप्रद ल्याउनुपर्ने देखिन्छ ।