Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

घोराही सिमेन्टसहित तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

२०८० श्रावण २५ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा घोराही सिमेन्ट इण्डष्ट्रीसहित तीन कम्पनीको शेयर सूचीकृत भएको छ । बिहीबार घोराही सिमेन्ट ,थ्रीस्टार हाइड्रोपावर र अप्पर साँङ्गे हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नीपाली,उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम २२६ रुपैयाँ ६१ पैसा देखि ६७९ रुपैयाँ ८३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर आइतबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले जीसीआईएल कारोबार संकेत प्रदान गरेको छ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको पनि ४९ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको १२ लाख ३१ हजार २५० कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ३६ लाख ९३ हजार ७५० कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै अप्पर साँङ्गे हाइड्रोपावर लिमिटेडको पनि २२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको ८ लाख ७० हजार कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका १३ लाख ३० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Ad