Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नयाँ ७ ब्रोकरलाई कारोबारको सदस्यता

२०८० असार २२ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्यता दिइएको छ । नेप्से सञ्चालक समिति बैठकले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम भौतिक र प्राविधिक रुपमा सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्य प्रदान गरिएको हो।

कारोबार सदस्यता पाउने नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्ड छन्। नेप्सेले सन सेक्युरिटिललाई ब्रोकर नं. ६४, हिमालयन ब्रोकरेजलाई ब्रोकर नं. ६३, मियो सेक्युरिटिजलाई ब्रोकर नं.६६, सेयरप्रोलाई ब्रोकर नं. ६५, भोले गणेशलाई ब्रोकर नं. ६१, क्यापिटल म्याक्सलाई ब्रोकर नं. ६२ र प्रोपर्टी विजार्डलाई ब्रोकर नं. ६७ प्रदान गरेको छ।

 

Ad