Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

घोराही सिमेन्टको आइपिओ फेरि खुल्ने, यस्तो छ धितोपत्र बोर्डको विज्ञप्ति

२०८० असार २० गते

बैंकिङ खबर/ घोराही सिमेन्टको आइपिओ  पुनः खुल्ने भएको छ । धितोपत्र बोर्डले सोभन्दा पहिले हाल कम्पनीमा आवेदन दिएकाहरूले लगानी झिक्न वा थपघट गर्न तीन दिनको समय पाउने व्यवस्था गरेको छ ।

यस्तो समयपछि कम्पनीले अर्को सात दिनसम्म आइपिओ खुला राख्न सक्ने व्यवस्था धितोपत्र बोर्डले गरिदिएको हो। बिक्री प्रबन्धकले सूचना जारी गरेर लगानीकर्तालाई समय दिनेछ।

बोर्डले कम्पनीको आइपिओमा आफ्नो खातामा भएकोभन्दा धेरै रकमको आवेदन हालेकालाई भने जालसाजी मुद्दामा छानबिन गर्न प्रहरीलाई पठाउने भएको छ।