Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मार्केट सेक्युरिटिज एक्सचेन्जमाथि सेबोनको कारबाही

२०८० असार २० गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालिमाथि कारबाही गरेको छ। धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८(१)को व्यवस्थाको परिपालना नगरेको भन्दै मार्केट सेक्युरिटिजमाथि कारबाही गरेको छ।

मार्केट सेक्युरिटिजमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४को दफा ७फको उपदफा (१)को खण्ड (ख)बमोजिम धितोपत्र बोर्डले कारबाही गर्दै १० लाख रुपैयाँ जरिवाना गरेको छ।

Ad