Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ब्रोकरलाई राज्यले संरक्षण गर्‍योः रमेशकुमार हमाल

२०८० असार ५ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले निश्चित ब्रोकर चलाउन दिएर राज्यले नै संरक्षण गरेको बताएका छन् । मंगलबार बसेको अर्थ समितिको बैठकमा स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् ।

महालेखापरीक्षकको रिपोर्टमा नै ब्रोकरले बढी नाफा गरेको स्पष्ट रहेको भन्दै प्रतिस्पर्धा गर्न र लगानीकर्तालाई सस्तोमा सेवा दिने नीति अपनाइएको उनले बताए ।

“राज्यले संरक्षण गरेको संस्था जस्तो छ । अहिले जनताले बढी शुल्क तिरिरहेका छन् भने राम्रो ब्रोकर स्थापित हुन्छ होइन टिक्न नसक्ने मर्जर हुन्छ,” उनले भने ।

Ad