Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन लघुवित हिले शाखाद्वारा व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

२०८० जेष्ठ २८ गते

बैंकिङ खबर/धनकुटाको हिले १ मा ३ दिने आधारभूत व्यवसायिक तरकारी खेती तालिम सम्पन्न भएको छ । निर्धन उत्थान लघुवित वित्तीय संस्था लिमिटेड हिले शाखाको आयोजनामा जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म हिले १ स्थित होटल टुरिजम प्रा.लिको सभा हलमा तालिम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले लघुवित्तविरुद्ध भइरहेको संयन्त्रको बारेमा प्रकाश पार्नुका साथै शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक तथा शाखा प्रबन्धकको रुपमा बैजनाथ शर्मा र तालिम प्रशिक्षकको रुपमा कृष्ण पौडेलले तालिममा प्रशिक्षण दिएका थिए ।

उक्त तालिम सदस्हरुको आयस्तर तथा क्षमता अभिवूद्धि गर्न उदेश्यले सञ्चालन गरिएको हिले शाखाले जनाएको छ । तालिममा सदस्य तथा अभिभावक गरी ३३ जनाको सक्रिय सहभागिता रहेको थियो । जसमा १ जना अभिभावक र ३२ जना सदस्य थिए । सदस्यहरुको गुनासो क्षेत्रिय कार्यालय बिर्तामोडको क्षेत्रिय प्रमुख शंकर प्रसाद न्यौपानेले सम्बोधन गरेका थिए ।

तालिमको आवश्यकता निर्धन लघुवितले पूरा गरिदिएको र तालिम एकदमै लाभदायक भएको तथा किसानको धेरैजसो समस्याको समाधान समेत भएको तालिममा सहभागी सदस्यहरुले बताएका छन् ।