Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बजार सदस्यता तथा सुपरिवेक्षण विनियमावली संशोधन गरिँदै

२०८० जेष्ठ २५ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ संशोधनकाे तयारीमा जुटेकाे छ । नेप्सेले स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको छ। धितोपत्र कारोबारी दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरुको बदमासी रोक्न धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ संशोधन गरी स्वीकृतिको लागि बोर्डमा पठाएको हो।

धितोपत्र बोर्डले स्वीकृति दिएपश्चात् उक्त संशोधित विनियमावलीले लगानीकर्ता र ब्रोकरबीच एकाग्रता बढाउने नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सूचना अधिकारी मुराहरी पराजुलीले बताए। पछिल्लो समय १८ वटा ब्रोकर कम्पनी थपिएका छन्। योसँगै ब्रोकरको संख्या ६८ पुगेको छ।

साथै, ब्रोकरले तीन किसिमका काम गर्न पाउनेछन्। चुक्ता पुँजीका आधारमा नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई तीन किसिमका काम गर्न पाउने व्यवस्था गरेको हो।

सीमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलरको काम गर्न पाउने व्यवस्था गरिएको हो। यसअघि सबै ब्रोकर कम्पनीले एकै किसिमका काम गर्न पाउने व्यवस्था थियो। बोर्डले नयाँ ब्रोकर लाइसेन्सको लागि २५ कम्पनीलाई आसयपत्र (एलओआई) दिएको छ। यी कम्पनीले पूर्वाधार तयार गरेपश्चात बोर्डले यी २५ कम्पनीलाई ब्रोकर लाइसेन्स दिनेछ।

नयाँ ब्रोकर थपिँदै जाँदा नेप्सेले बोक्रर कम्पनी गाइड गर्न विनियमावली संशोधन गरी बोर्डमा पठाएको जनाएको छ।

Ad