
बैंकिङ खबर/नेप्से कर्मचारी संघले चालु आर्थिक वर्षभित्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न माग गरेको छ। संघले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारले हरेक वर्ष बजेट वक्तव्यमार्फत नेप्सेको पुनर्संरचना गर्न माग गरेपनि कार्यान्वयन हुन नसकेको भन्दै चालु आर्थिक वर्षभित्रै नेप्सेको पुनर्संरचना गर्न माग गरेको हो।
चालु आवको बजेट वक्तव्यमा पनि नेप्सेको संचालक समितिले प्रस्ताव गरेअनुसार कार्यान्वयन हुने गरि नेप्सेलाई कर्पोरेसन र मोर्डनाइजेसनमार्फत पुनर्संरचना गर्नुपर्ने संघको माग छ। यस्तै, संघले नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रियामा रोक लगाएकोमा सरकारलाई धन्यवाद दिएको छ।