Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बिपीडब्लु र आत्मानिर्भर लघुवित्तको आईपिओ नेप्सेमा सूचीकृत

२०८० बैशाख १७ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा लघुवित्तको आईपिओ सूचीकृत भएको छ । बिपीडब्लु लघुवित्तको ३ लाख कित्ता र

आत्मनिर्भर लघुवित्तको ६ लाख २३ हजार ३ सय ६० कित्ता शेयर सुचिकृत भएको हो। शेयर सुचिकृत भएसंगै सोमबारबाट यी कम्पनीको शेयर कारोबार सुरु हुने छ ।सोमबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । बिपीडब्लु लघुवित्तको BPW सिम्बलबाट कारोबार हुने छ भने आत्मानिर्भरको ANLB सिम्बलबाट कारोबार हुने छ ।

नेप्सेले बिपीडब्लु पहिलो कारोबारको लागि ८६.७८ रुपैयाँ देखि २६०.३४ रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । त्यस्तै आत्मानिर्भर लघुवित्तको पहिलो कारोबारको लागि ३७१.८२ रुपैयाँदेखि १११५.४६ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

Ad