Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद जारी गर्ने

२०८० बैशाख ६ गते

बैंकिङ खबर/ छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे छ। कम्पनीको नवौं वार्षिक साधारण सभा वैशाख २८ गते कमलपोखरीमा हुँदैछ।

सभाले अघिल्लो वार्षिक साधारणको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावलाई परिमार्जन गर्न लागेको छ। कम्पनीले ४० होइन अब १०० प्रतिशत जारी गर्ने योजनामा छ। जसबारे सभाले छलफल गर्नेछ।

अहिले छ्याङदी हाइड्रोपावरको चुक्ता पुँजी ३८ करोड ६९ लाख रुपैयाँ छ। यसको शत प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो। बाँकी नियमित प्रस्तावहरु सभामा लैजाँदै छ। कम्पनीले साधारण सभाका लागि १७ गते बुक क्लोज गर्ने जनाएको हो।

 

Ad