
बैंकिङ खबर/ गएको चैत महिनामा २३ सहकारी संस्था कालोसूचीमा परेका छन् । विभिन्न व्यक्तिहरुले दिएको उजुरीको आधारमा कर्जा सूचना केन्द्रले ती सहकारीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा परेकामध्ये बचत तथा ऋण, बहुद्देश्यीय, कृषि सहकारी संस्था छन् ।
यसरी कालोसूची पर्ने सहकारीहरूमा जेष्ठ सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था, एकता समूह बचत तथा ऋण सहकारी संस्था, शिखरचुली सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र पञ्चरुपा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ छन् ।
त्यस्तै, राम्चेदेवी बचत तथा ऋण सहकारी संस्था, गोल्डेन रोज सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, सूर्यपुञ्ज सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, महिला चालक बचत तथा ऋण सहकारी संस्था, सूर्य दर्शन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, शिवशिखर मल्टीप्रपोज को–अपरेटिभ लिमिटेडलाई पनि केन्द्रले कालोसूचीमा राखेको छ ।
कालोसूचीमा पर्ने सहकारीहरुमा हाम्रो नयाँ कृषि सहकारी संस्था, हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था, माइलस्टोन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, राइजिङ अप सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उत्तम सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र सुमेरु सेभिङ क्रेडिट कोअपेरेटिभ पनि रहेको छ ।
केन्द्रका अनुसार करुणा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था, प्रारम्भिक सेभिङ क्रेडिट अपरेटिभ, सम्वर्द्धन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र अष्ट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई पनि कालोसूचीमा राखिएको छ ।




