Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोल्ती पावरको आईपीओ बिक्री खुला

२०७९ चैत्र २८ गते

बैंकिङ खबर/दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने १० लाख ७२ हजार ९७२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो।

त्यसको १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ। बाँकी कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबा अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। यो आईपीओमा आउँदो वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ।

Ad