
बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार ङादी ग्रुप पावर लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
ङादी ग्रुप पावर लिमिटेड ८ लाख ३९ हजार ४८२.२२५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको पनि २ लाख ३० हजार ८२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २.४० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।