Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

यस्तो छ नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलालबारे सर्वोच्चको आदेश(पूर्णपाठ)

२०७९ चैत्र २३ गते

बैंकिङ खबर/नयाँ स्टक एक्सचेन्ज तथा धितोपत्र दलाल र व्यापारीलाई अनुमति दिनेगरी संशोधित नियमावलीविरुद्ध दायर रिटउपरको आदेशको सर्वोच्च अदालतले पूर्णपाठ सार्वजनिक गरेको छ।

अधिवक्ता अमृत खरेलसमेतका निवेदक रहेको २०७९ पुस १३ गतेको आदेशको पूर्णपाठ सर्वोच्चले हालै सार्वजनिक गरेको हो।निवेदकको जिकिर अनुसार संशोधित नियमावली संविधानसँग बाझिएको भन्ने हदसम्मको मागलाई संवैधानिक इजलासले अस्वीकार गरेको छ।

संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइमै रिट खारेज समेत गरेको छ। तर, सर्वोच्चमै विचाराधीन अधिवक्ता दीपकविक्रम मिश्र निवेदक रहेको रिटले नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल थपबारेको संशोधित नियमावली कानुन अनुकुल रहे वा नरहेको निर्क्यौल गर्ने संवैधानिक इजलासको आदेशमा उल्लेख छ।

मिश्रको रिटमा २०७९ कात्तिक ४ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको थियो। यस्तै २०७९ पुस ५ गते न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलासले मुद्दा पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश गरेको थियो। त्यसयता तीन पटक पेशीमा चढे पनि रिटको अन्तिम सुनुवाइ हुन सकेको छैन।

हेर्नुहोस् पूर्णपाठ