
बैंकिङ खबर/ अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा बोर्डका अध्यक्ष रमेश हमालसहितका पदाधिकारीसँग छलफल गर्दै अर्थमन्त्री महतले यस्तो निर्देशन दिएका हुन् ।
उनले केही दिन भित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्नै गरी अगाडि बढ्न निर्देशन दिए । छलफलका क्रममा बार्डका अध्यक्ष हमालले बजारको सुधारका लागि बोर्डले गरिरहेका कामबारे मन्त्रीलाई ब्रिफिङ गरेका थिए ।


