लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बुधबार नवलपरासीको रजहर र उदयपुरको गाईघाटमा आफ्नो दुई नयाँ शाखा को शुभारम्भ गरेको छ । आफ्नो सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले यो नयाँ शाखा संचालनमा ल्याएकोे हो ।
आर्थिक र व्यापारीक दृष्टिकोणले प्रमुख भूमिका भएको गाईघाट र बैकिङ्ग क्षेत्रमा पहुँच सुदृढ नभईसकेको रजहर जस्तो बजारहरुमा ग्राहकहरुलाई बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकले लिएको छ ।
यी दुई शाखासागै अब लक्ष्मी बैंकको शाखा संजाल ५७, २ विस्तार काउन्टर र ७७ एटिएम पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने विश्वास लिएको छ ।



