Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बन्द हुँदै निष्क्रिय डिम्याट खाता

२०७९ फाल्गुन १८ गते

बैंकिङ खबर/ सेयर नभएका र लामो समयदेखि सञ्चालनमा नआएका निष्क्रिय डिम्याट खाता बन्द गरिने भएको छ । खुलेकामध्ये धेरै खाता निष्क्रिय हुन थालेपछि सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले त्यस्ता खाता बन्द गर्न लागेको हो । विद्यमान कानुनले खातावालाको अनुमतिविना डिम्याट खाता बन्द गर्न पाइँदैन ।

यसकारण उक्त कानुनी व्यवस्थालाई परिमार्जन गरी तोकिएको समयसम्म निष्क्रिय रहेका डिम्याट खाता सीडीएससी आफैले बन्द गर्न पाउने व्यवस्थाका लागि नियामक निकाय धितोपत्र बोर्डमा लेखी पठाइएको सीडीएस एण्ड क्लियरिङले जनाएको छ ।

सीडीएससीका अनुसार बुधबारसम्म ५५ लाख ७३ हजार डिम्याट खाता खुलेका छन् । ती मध्ये १३ लाख ५१ हजार ३ सय ७१ वटा निष्क्रिय छन् । त्यस्तै ३ लाख ८१ हजार खाता दोहोरिएका छन् भने १७ लाख ६३ हजार १ सय १३ वटा खाता सेयरविहीन छन् । हाल डिम्याट खाता खोल्दा र नवीकरण गर्दा एक सय रुपैयाँ शुल्क लाग्छ ।

सेयर पनि नभएका र लामो समयसम्म नवीकरण नभएका खाता अहिले नवीकरण गर्दा लगानीकर्ताले हरेक वर्ष १ सय रुपैयाँका दरले नवीकरण शुल्क तिर्नुपर्छ । जबकि सेयर नभएका निष्क्रिय खाता अहिले बन्द गर्ने र लगानीकर्ताले चाहेको समयमा एक सय रुपैयाँ तिरेर नयाँ खाता खोल्न सक्ने भएकाले निष्क्रिय खाता राखिरहनुको औचित्य नभएको क्लियरिङले जनाएको छ ।

 

 

Ad