Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको साढे २ लाख बढी कित्ता सेयर बिक्रीमा

२०७९ फाल्गुन १६ गते

बैंकिङ खबर/ कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको साढे २ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले मंगलबार सूचना जारी गर्दै २ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।

उक्त सेयरका लागी इच्छुक व्यक्ति, संस्था वा कम्पनीले उक्त सेयरमा मंगलबारदेखि फागुन ३० गतेसम्म बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नागपोखरी, नक्सालमा आवेदन शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने छ ।

संस्थापक तर्फको लागि १० हजार कित्तादेखि अधिकतम बिक्री खुला गरिए बराबरको रकम (२ लाख ९६ हजार) सम्मको बोलपत्र पेस गर्न सकिने छ । तर बोलपत्र पेश गर्दानेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीमाको अधिनमा रही पेश गर्नुपर्ने छ ।

सेयरको न्युनतम मूल्य ११९ रुपैयाँ तोकिएको छ । बोलपत्रको छानबिन गरी रितपूर्वक प्राप्त बोलपत्रहरु मध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकहरुलाई सेयर बाँडफाँड गरिने छ ।

Ad