
बैंकिङ खबर/ एसियन हाईड्रोपावार लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आइतबार आइ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १४ लाख ३२ हजार २ सय २२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएको र १४ लाख २५ हजार ७ सय २० जना आवेदक मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथा मार्फत ६९ हजार ७ सय २० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् । कम्पनीले ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो ।
आईपीको नतिजा हेर्नका लागि
बिक्री प्रबन्धको वेबसाइट : https://www.nmbcl.com.np
मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/