Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ग्लोबल आइएमई बैंकको सेयर नेप्सेमा सूचिकृत

२०७९ फाल्गुन ८ गते

बैंकिङ खबर/ग्लोबल आइएमई बैंकको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सूचिकृत भएको छ । साविकको ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभ्ने÷ गाभिने गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैंयाका दरको ११ करोड २६ लाख १४ हजार ३३७.१७ कित्ता शेयर सूचिकृत भएको हो ।

धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी फागुन ८ गतेको निर्णायनुसार ग्लोबल आइएमई बैकको नामबाट कारोबार हुनेगरी कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ । साथै बैक अफ काठमाण्डूको सूचिकरण खारेज गर्ने जनाएको छ ।

साथै, ग्लोबल आइएमई बैंकको स्टक सिम्बोल ‘जिबिआइएमइ’ रहने र नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज २०९ रुपैंया ४२ पैसा तोकेको छ ।

Ad