Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा र एनआईबिएल ग्रोथ फन्ड नेप्सेमा सूचीकृत

२०७९ माघ २४ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा ग्रोथ फन्ड र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत भएका छन्। नेप्सेमा सूचीकृत भएसँगै अब यी दुवै म्युचुअल फन्ड भोलि बुधबारदेखि कारोबारमा आउनेछन्।

यी दुवै योजनालाई नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ भने कारोबार संकेत क्रमशः सानिमा ग्रोथ फन्डलाई ‘एसएजीएफ’ र एनआईबिएल ग्रोथ फन्डलाई ‘एनआईबिएलजीएफ’ कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेमा सानिमा ग्रोथ फन्डको १० रुपैयाँ अंकित दरकाु कुल ६ करोड ७२ लाख ५३ हजार २६० इकाइ सूचीकृत भएका छन्। यसैगरी एनआईबिएल ग्रोथ फन्डका १० रुपैयाँ अंकित दरका कुल १३ करोड २० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

Ad