
बैंकिङ खबर/नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले ‘नेप्से ३०’ सञ्चालन गर्ने भएको छ। नेप्सेले डेरिभेटीभ मार्केट सञ्चालनको लागि ‘नेप्से–३०’ इन्डेक्सको काम सुरु गरेको हो। डेरिभेटीभ मार्केट सञ्चालनको लागि ‘नेप्से ३०’को तयारी थालेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादु कार्कीले बताए ।
उनका अनुसार नेप्से–३० ल्याउन सञ्चालक समिति र विज्ञ राखेर छलफल गरिएको छ। उनले नेप्से–३० को ठाँउमा नेप्से–५० पनि पनि हुन सक्ने बताए। इन्डेक्स तयार पारिसकेपछि डेरिभेटीभ कारोबार जाने कार्कीले बताए। उनका अनुसार इन्डेक्समा इन्टरनेशनल स्टान्डर्डको फलो गरी क्राइट एरिया भित्र पर्ने कम्पनी हुन्छन्। त्यसको लागि क्राइट एरिया बनाउने उनले बताए। आगामी वैशाखभित्र नेप्से–३० वा नेप्से–५० को सम्पन्न गर्ने योजना रहेको कार्कीले बताए।