Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तीन इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा

२०७९ माघ ११ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन वटा इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको कारोबार खुल्ला गरेको हो ।

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स बीच मर्जर गर्ने सम्झौता भंग भई गत पुस २६ गतेको पत्रानुसार नेपाल बीमा प्राधिकरणबाट समेत सैद्दान्तिक स्वीकृति रद्द भएको हुँदा नेप्सेले रोक्का रहेको प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

लुम्बिनी र सगरमाथा इन्स्योरेन्सले एक आपसमा मर्जरमा जान सम्झौता गरेसँगै नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो । धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यी कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए।

Ad