Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

२०७९ पुष १३ गते

बैंकिङ खबर/ सुपरमाई हाइड्रोपावर लिमिटेडले स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरु (अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका (बरबोटे) ५, सुम्बेक २ र माईजोगमाई गाँउपालिका ५ सोयाँङ्गका स्थानीय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात् २ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोवास गर्ने स्थानिय बासिन्दाहरुको लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता शेयर बाँडफाँट गरिनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछ ।

Ad