Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिभिल बैंकद्वारा लाभांश प्रस्ताव

२०७९ पुष ५ गते

बैंकिङ खबर/ सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान ९ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्तापुँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९०.३१ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ४५ करोड ३७ लाख ९२ हजार १९४.५२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुन आउने २ करोड ३८ लाख ८३ हजार ७९९.७१ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

 

Ad