Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

२०७९ पुष ३ गते

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको पुस १ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँको कुल १०.४७ प्रतिशतले हुन आउने ४१ करोड ९९ लाख ३९ हजार ४७८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैयाँबराबरको बोनस सेयर र ६.४७ प्रतिशतले हुन आउने २५ करोड ९५ लाख ४ हजार १४७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ।

Ad