Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्टक ब्रोकर्स एसोसिएसनको एजीएम आह्वान, नयाँ कार्यसमिति चयन गर्ने

२०७९ मंसिर २६ गते

बैंकिङ खबर/ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको छ । एसोसिएसनको कार्य समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको छ ।

सभा काठमाण्डौको याक एन्ड यती होटेलमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सभाले नयाँ कार्य समितिको निर्वाचन तथा चयन गर्नेछ। एसोसिएसनको विधान संशोधनको प्रस्ताव पनि छलफल गरी सभाले पारित गर्नेछ । सभाले गत आर्थिक वर्ष २०७८–७९ को वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पनि अनुमोदन गर्नेछ ।

Ad