Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अपर स्याङ्गे खोला हाइड्रोपावरले ८७ करोडको आइपीओ ल्याउँदै

२०७९ मंसिर २५ गते

बैंकिङ खबर/लमजुङको स्याङ्गे खोलामा रहेर २४०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले स्थापना भएको अपर स्याङ्गे खोलाका हाइड्रोपावर लिमीटेडले आइपीओ निश्कासन गर्ने भएको छ ।

यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल ८ लाख ७० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

प्रति इकाई रु. १०० को दरले कम्पनीले कुल ८७ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न खोजेको हो । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमीटेडले गर्नेछ ।

अपर स्याङ्गे खोलाका हाइड्रोपावर लिमीटेडको मुख्य उद्देश्य नै अपर स्याङ्गे खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्नु रहेको र भविष्यमा अन्य साना आयोजना समेत निर्माण गर्दै लैजाने योजना रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ ।

 

Ad