
बैंकिङ खबर/भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई)ले लगातार पाँचौ पटक रिपो रेट बढाएको छ । आरबिआईले रिपो रेटमा ०.३५ प्रतिशत बढाउने घोषणा गरेको हो। आरबिआईका अनुसार अब रिपो रेट ५.९० प्रतिशतबाट बढेर ६.२५ प्रतिशत पुगेको छ।
यसका निर्णयसँगै अब भारतमा सबै प्रकारका कर्जा महँगिने भएको छ। आरबिआईका गभर्नर शक्तिकान्त दासले बुधबार यसको घोषणा गरेका हुन् ।


