
बैंकिङ खबर/ एसियन हाइड्रोपावर लिमिटेडले यही मंसिर २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशतले हुने ३ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ४० लाख कित्ता आईपीओ जारी गरिनेछ।
त्यसैगरी सर्वसाधारणमा निष्कासन हुने जारी पुँजीको २४.७१ प्रतिशतले हुन आउने ८ लाख ४० हजारकित्तामध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन पाउनेछन्।
यो आईपीओमा आयोजना (अतिप्रभावित क्षेत्र इलाम वडा नं. १० तथा सूर्योद य नगरपालिका–११ का बासिन्दाका लागि १ लाख ३६ हजार कित्ता (४० प्रतिशत) र आयोजना अतिप्रभावित क्षेत्रबाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ६० प्रतिशत अर्थात २ लाख ४ हजार कित्ता छुट्याइएको छ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओ छिटोमा पुस १२ गतेसम्म आवेदन दिनुपर्नेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री खुला अवधि पुस २७ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ। यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेसम्म आईपीओ भरिसक्नुपर्नेछ।