सानिमा बैंक लिमिटेडले आफ्नो १२ औ बार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर, ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागी) र बोनस सेयर जारी पश्चात थप ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । साथै सानिमा बैंकसंग भएको आपसी समझदारी (MOU) अनुसार वागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति (acquisition) गर्ने प्रस्ताव पनि सो सभाले पारित गरेको छ । त्यसैगरी बैंकको अधिकृत पूँजी बृद्घि गरी नौ अर्ब रुपैयाँ तथा जारी र चुक्ता पूँजी छ अर्ब नब्बे करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७२/७३ मा खुद नाफा एक अर्ब रुपैयाँ कमाएको सानिमा बैंकको कुल सम्पत्ति ५५.८९ अर्ब रुपैयाँ, कुल निक्षेप ४६.३४ अर्ब रुपैयाँ, तथा कर्जा सापटी ४०.४६ अर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७१/७२ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ६०.२९, ३६.१२, ४३.१३, र ३८.६८ प्रतिशतले बृद्धि गरेको छ । त्यसैगरी बैंकले नेपाल भर ४० वटा शाखा तथा ४७ एटिएम संजाल विस्तार गर्न सक्षम भएको छ ।
बैंकको बित्तिय परिसूचक (असार मसान्त,२०७३)
निस्क्रिय कर्जा– ०.०१९ ५
पुँजी कोष –१२.३६ ५
तरलता–२४.२४५
कर्जा निक्षेप अनुपात– ७६.०१५



