Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा

२०७९ मंसिर १४ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ । लघुवित्तले मंसिर ११ गते पत्र पठाउदै कारोबार खुला गर्न आग्रह गरेपछि नेप्सले आधारभुत शेयरधनी बाहेकका शेयरधनीहरुको शेयर कारोबार फुकुवा गरेको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर सम्बन्धी प्रकृयामा रही शेयर कारोबार रोक्का रहेको लघुवित्तको शेयर कारोबार फुकुवा भएको नेप्सेले जनाएको छ ।

Ad