
बैंकिङ खबर/मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका कुमारी बैंकको बिहीबारदेखि कारोबार खुल्ला भएको छ । धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि कुमारी बैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए ।
सोही अनुसार आगामी बिहीबार बिहीदेखि बैंकको आधारभुत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । कुमारी बैंक र एनसीसी बैंक १ः१ सेयर स्वाप रेसियोमा मर्जरमा जाँदैछन्। दुवै बैंकले पुस मसान्तभित्रै मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखेका छन्।
यसअघि नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का रहेका नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक, सिभिल बैंक, साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तको आधारभूत सेयरधनीहरुका बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरिसकेको छ।