Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार फुकुवा

२०७९ मंसिर ७ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ ।

नेप्सेले बुधबार यी दुवै लघुवित्तका आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । अब भोलि बिहीबारबाट यी दुवै लघुवित्तको सेयर कारोबारमा आउने छन्।

साना किसान र आरएमडीसी लघुवित्तबीच गत भदौ ३१ गते आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। नेप्सेले असोज २ गतेबाट यी दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरेको थियो।

दुवै लघुवित्तबीच मर्जरका लागि सेयर आदानप्रदान अनुपात १००ः८७ कायम हुने सहमति भएको छ । यसको अर्थ आरएमडीसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।

मर्जर कार्य सम्पन्न भएपछिको एकीकृत वित्तीय संस्थाको नाम ‘साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड’ हुने समेत समझदारीपत्रमा उल्लेख छ।

Ad