Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ब्रोकर लाइसेन्स रोक्न परेको मुद्दा हेर्न नभ्याइनेमा

२०७९ कार्तिक २२ गते

बैंकिङ खबर/ नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स रोक्न परेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । मंगलबार डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मिको संयुक्त इजलासमा परेको उक्त मुद्दा आज हेर्न नभ्याइने भएको हो।

यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाले उक्त मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो। रिटमा अदालतले तत्कालको लागि प्रकृया अघि नबढाउन आदेश दिएपछि अहिले तीनवटै लाइसेन्सको प्रकृया रोकिएको छ।
बोर्डले लाइसेन्स खुल्ला गरेपछि सो प्रकृया विरुद्ध अधिवक्ता दीपक बिक्रम मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए ।