Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

इंग्ल्याण्डमा ब्याजदर तीन दशक यताकै उच्च वृद्धि

२०७९ कार्तिक १८ गते

बैंकिङ खबर/ बैंक अफ इंग्ल्याण्डले ब्याजको आधार दर तीन दशक यताकै उच्च वृद्धि गरेको छ । सो बैंकले आधार दर ०.७५ प्रतिशतले बढाएर तीन प्रतिशत पुर्याएको छ । यो पछिल्लो तीन दशक यताकै उच्च वृद्धि हो ।

बैंक अफ इंग्ल्याण्डले ब्याजदरमा भएको बढोत्तरीका विषयमा बोल्दै बेलायत पहिलेदेखि नै आर्थिक मन्दीमा रहेको र अब लामो समयसम्म रहने संभावना भएको बताएको छ । केन्द्रीय बैंकले आउँदो वर्षमा उच्च मुद्रास्फिती र बेरोजगारीदरका साथै लामो समयसम्म बेलायतको अर्थतन्त्र संकुचित हुने चेतावनी समेत दिएको छ ।

बैंकका अनुसार बेलायतको इतिहासमा पहिलो पटक निरन्तर आठ त्रैमासमा जीडीपीमा गिरावट देखिएको छ । यद्यपी यसको असर २००८ देखि २००९ सम्म र १९८० को दशकमा देखिएको मन्दी भन्दा कम रहेको बैंक अफ इंग्ल्याण्डले बताएको छ ।

युक्रेनमाथि रुसले गरेको आक्रमण र हालैमा पुर्वप्रधानमन्त्री लिज ट्रसको विनाशकारी आर्थिक नीतिपछि बढ्दो मुद्रास्फितीलाई नियन्त्रण गर्न बेलायतको केन्द्रिय बैंकले यस्तो निर्णय गरेको हो । बैंक अफ इंग्ल्याण्डको प्रमुख ब्याजदरअहिले ०.७५ प्रतिशतले बढेर ३ प्रतिशत पुगेको छ ।