
बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।
यी दुई लघुवित्त एकापसमा गाभ्ने/गाभिने समझदारीपत्रमा बुधबार हस्ताक्षर भएसँगै बिहीबारदेखि सेयर कारोबार बन्द गरिएको हो । यी दुई लघुवित्त एकापसमा गाभिएपछि चुक्तापुँजी एक अर्ब आठ करोड ६ लाख रुपैयाँ पुग्नेछ । हाल समीटको चुक्तापुँजी ४९ करोड ४० लाख रुपैयाँ छ । नेसनल माइक्रोफाइनान्सको ५८ करोड ६६ लाख रुपैयाँ छ ।


