Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक र वित्तीय संकटबारे अध्ययन गर्ने तीन अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार

२०७९ आश्विन २४ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय सङ्कटबारे अनुसन्धान गर्ने तीन जना अमेरकी विद्वानलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसको पुरस्कार छनोट समितिले अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकाका बेन एस बर्नान्के, डग्लस डब्ल्यू डायमन्ड र फिलिप एच डाइब्भिगलाई प्रदान गर्ने घोषणा गरेको हो ।

तीन विद्वानले वित्तीय सङ्कटमा बैंकको भूमिकाबारे निकै महत्त्वपूर्ण अनुसन्धान गरेको र सुधारका उपायसमेत दिएको बीबीसीले जनाएको छ । यिनीहरूले बैंक तथा वित्तीय संस्थाको पतन रोक्ने विषयमा पनि उल्लेख्य सुझावहरू दिएका छन् ।

यस्तै बैंक तथा वित्तीय संस्थाको पतनले राज्यको अर्थतन्त्र कसरी धराशायी हुन्छ, बचतकर्ताको लगानीलाई कसरी सदुपयोग गर्ने, ऋणको व्यवस्थापन कसरी गर्ने, ऋणी डुबेको अवस्थामा के गर्ने, बैंकको सामाजिक कार्य के हुने लगायतका कैयौँ अनुसन्धान पनि उनीहरूले गरेका छन् । पुरस्कारको राशी झन्डै नौ लाख अमेरिकी डलर रहेको छ ।