
बैंकिङ खबर/ दसैंलाई हरियालीसहित स्वागत गरेको नेपाल स्टक एक्सचेन्ज आउँदो नौं दिनका लागि बन्द हुनेछ। सेयर बजार आगामी २३ गतेबाट मात्रै खुल्ने छ।
दसैं बिदाअघिको अन्तिम कारोबार दिन बिहीबार हरियालीका साथ बन्द भएको बजारले केही समय वृद्धिलाई निरन्तरता दिने संकेत दिएको छ। चाडपर्वको माहोलले सेयर बजारबाट पुँजी पलायन भएको छ। मुद्दती जस्ता निश्चित प्रतिफलमा लगानी केन्द्रित हुन थालेको जानकारहरु बताउँछन्।


