बुम रेमिट्यान्स प्रा लिले जनता बैंक नेपाल लिमिटेडलाई आफ्नो एजेन्टमा नियूक्त गरेको छ । बुम रेमिटको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र जनता बैंकको तर्फबाट सहायक महाप्रबन्धक कल्याण बिक्रम पाँडेले सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो सबै शाखाहरु मार्फत भुक्तानी गर्नेछ । जनता बैंकका सबै शाखाहरुले बुम रेमिट सफ्ट्वेयरमार्फत आन्तरिक विप्रेषण पठाउनुका साथै भुक्तानी पनि गर्न सक्ने बताइएको छ ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १८०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । हाल बुम रेमिट्यान्सले खाडी मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । निकट भविष्यमा नै मलेसिया, कोरीया, जापान, क्यानडा, अष्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने योजना रहेको कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको समेत उनले जानकारी गराए । “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने उनको भनाइ छ ।



