
बैंकिङ खबर/ राष्ट्रिय बाल दिवसको अवसरमा मेरोमाईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय कौडेनाले पब्लिक माध्यमिक विद्यालय मंलगवा–०२ सर्लाहीका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
बुधबार एक कार्यक्रमकाबीच कापी, कलम, पेन्सिल तथा आवश्यक सामग्री वितरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि (इन्सपेक्टर) सुजित कुमार कुश्वाहा, अतिथिमा वडा अध्यक्ष धिरेन्द्र साह, विद्यालयको अध्यक्ष विर्जु कुमार राय, प्रा.ध.सुवास कुमार राय यादव, स.प्र.राम किशोर महतो तथा संस्थाका अनुगमन अधिकृत रामकिशोर प्रसाद कुश्वाहाका साथै कार्यरत सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
शाखा प्रबन्धक राज किशोर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले मेरोमाईक्रोफाइनान्सले आफनो उतरदायित्व निभाएकोमा धन्यवाद व्यक्त गरेका थिए ।




