२०७३ आश्विन १६ गते

 लेखनाथको तलचोकमा फेवा विकास बैंकको शाखा

photo_talchok-openingफेवा विकास बैकको कास्की जिल्लास्थित लेखनाथ नगरपालिकाको तालचोेक शाखाको औपचारिक आइतबार औपचारिक उद्घाटन गरिएको छ । नेपाल राष्ट्र वैकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे । सो अवसरमा डेपुटी गभर्नर शिवराज श्रेष्ठले फेवा विकास बैक एक सवल र सक्षम विकास वैक भएको र मर्जरका पहिलो वर्षमा नै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा बैंक परिवारलाई बधाइ दिए । साथै, बैंकको जोखिम दिनानुदिन वढदै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए । 

फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२÷७३ मा संचालन मुनाफा रु. ४८ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधी सम्म निक्षेप रु. ११ अर्ब ७३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.१० अर्ब २२ करोड पु¥याएको छ । साथै उक्त बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको जानकारी  प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गराए ।

वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । केही ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।