Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आईपीओ निष्कासनको अनुमति माग्दै दुई कम्पनीले दिए बोर्डमा निवेदन

२०७९ भाद्र २४ गते


बैंकिङ खबर/आईपीओ निष्कासनको अनुमति माग्दै दुई जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। सगरमाथा हाइड्रोपावर र माईखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन्।

सेबोनले अनुमति दिएमा सगरमाथा हाइड्रोपावरले १०० अंकित दरका कुल ५४ लाख ८८ हजार कित्ता र माईखोलाले १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ बिक्री गर्ने छन्। यी दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।