Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मुक्तिनाथ विकास बैंकमा रोजगारीको अवसर

२०७९ भाद्र २२ गते

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंकले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। बैंकले क्रेडिट एनालिस्ट, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र एक्जिक्युटिभ सेक्रेटरीमा केही संख्यामा कर्मचारी भर्ना लागेको हो।

बैंकले केन्द्रीय कार्यालयका लागि क्रेडिट एनालिस्ट पदमा दरखास्त आह्वान गरेको हो। अन्य पदमा काठमाण्डौ उपत्यका र बाहिर रहेका बैंकका शाखाहरुका लागि कर्मचारी भर्ना गर्न लागिएको बैंकले जनाएको छ।

इच्छुक उम्मेदवारले बैंकको बेवसाइटमा गई अनलाइन दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति असोज ५ गतेसम्म तोकिएको छ।