२०७३ आश्विन १६ गते

सिभिल र आईएलएफसीओको एकीकृत कारोबार कात्तिक १ गतेदेखि

civil bankसिभिल बैंक र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी (आईएलएफसीओ)को एकीकृत कारोबार कात्तिक एक गतेदेखि सुरु हुने भएको छ । गत असोज ११ गते राष्ट्र बैंकबाट गाभ्ने/गाभिने सम्रुबन्धमा अन्तिम स्विकृत पाएका यी संस्थाहरुले सिभिल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार थाल्ने भएका हुन् । कात्तिक १ गतेदेखि गाभिने आईएलएफसीस्ओको सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व गाभ्ने सिभिल बैंकले सकार्नेछ ।