कैलाश विकास बैंक लिमिटेड शुक्रबारदेखि स्थापनाको २३ औँ वर्ष पुरा गरी २४ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यका तथा उपत्यका बाहिर सप्ताहव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रम
वार्षिकोत्सवको अवसर पारेर शुक्रबार बैंकले काठमाडौंको न्यरोड बिशाल बजार शाखामा बृहत रक्तदान कार्यक्रम सम्पन्न गर्यो । रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन गरी रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष राजेन्द्र गिरीले उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । शुक्रबारै काठमाडौंको न्यरोड शाखामा समेत बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ । कार्यक्रमबाट ४८ पिन्ट रगत संकलन गरिएको बताइएको छ । उक्त कार्यक्रम बैंकका संचालकद्वय गोपाल प्रसाद पौडेल तथा दिपक श्रेष्ठले शुभारम्भ गरेका थिए । दुबै कार्यक्रमका रक्तदाताहरुलाई प्रशंसा पत्र सहित सम्मानित गरिएको थियो ।
वृद्धाश्रमलाई सहयोग
त्यस्तै, बिहिबार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा– १७ सितापाइला स्थित पोखरा बिद्धाश्रमलाई एक कार्यक्रमका बिच सहयोग स्वरुप रु. २५,००० को चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम बैंकका संचालक गोपाल प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । यसै गरी बैंकको कठमाण्डौमा रहेका शाखाहरुको सहभागितामा रबिभवन काठमाण्डौ स्थित आमाघर बृद्धाश्रममा रहेका ४० जना बृद्धाहरुलाई बिहानको खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको थियो ।
शैक्षिक सामग्री हस्तान्तरण
यसै अवसरमा पोखरा १० रामघाट स्थित श्रमिक बाल बालीका तथा मजदुरका छोरा छोरीहरुलाई एक कार्यक्रमका बिच शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम बैंकका सहायक महाप्रवन्धक सूर्य प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार पोखरामा आयोजित फिर्के–बुलौदी सरसफाई अभियानमा बैंकले व्यापक सहभागिता सहित ऐक्यवद्धता जनाएर योगदन पुर्याउने जनाएको छ ।




