एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि दशैं तिहारको अवसरमा निःशुल्क क्रेडिट कार्ड योजना अघि सारेको छ । निःशुल्क क्रेडिट कार्डसगैं यस महोत्सवमा वैदेशिक भ्रमणलाई लक्षित गरि ईन्टरनेशनल डेविट कार्ड मा विशेष छुट दिई मात्र २५० रुपैयाँमा सेवा लिन सकिने छ । शुल्कमा आकर्षक छुट दिई बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गरि यो योजना अगाडि सारेको हो । साथै भूक्तानीको सहजिकरणका लागि बैंकले निम्न माध्यम बाट सहजै भूक्तानी गर्न सकिने आवश्यक व्यवस्था समेत मिलाएको छ ।
भुक्तानीका माध्यमहरुः
- इन्टरनेट बैंकिङ माध्यम
- इसेवा माध्यम
- भौचर भरि बैंकको सम्र्पुण शाखाबाट भुक्तानी गर्न सकिने
यो योजना सिमित अवधिको लागि ३० सेप्टेम्बर २०१६ देखि १५ अक्टुवर २०१६ सम्म लागु रहने समेत बैंकले जानकारी गराएको छ ।
अग्रणि बाणिज्य बैंकहरुमध्येको एक यस बैंकले आफ्ना ७० वटा शाखा तथा ६९ वटा एटीएममार्फत ग्राहक समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यस बैंकको रजिष्ट्र्रड कार्यालय काठमाडौं ११ स्थित ट्रेड टावर भवन थापाथलिमा रहेको छ ।



