Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्जेन्टिनाको मुद्रास्फीति २० वर्षयताकै उच्च, ब्याजदरमा पनि भारी वृद्धि

२०७९ श्रावण २९ गते

बैंकिङ खबर/ अर्जेन्टिनाको मुद्रास्फीति २० वर्षयताकै उच्च भएको छ । योसँगै मुद्रास्फीति नियन्त्रण गर्न अर्जेन्टिनाको केन्द्रीय बैंकले ब्याजदरमा भारी वृद्धि गरेको छ। अर्जेन्टिनाको केन्द्रीय बैंकले बिहीबार ब्याजदर ९५० बेसिस प्वइन्टले बढाएको हो। बैंकले २८ दिने टर्मलोनको बेन्चमार्क रेट ६० प्रतिशतबाट बढाएर ६९।५ प्रतिशत पुर्याएको छ। यसअघि बैंकले दुई साताअघि बेन्चमार्क रेट बढाएको थियो।

अर्जेन्टिनामा वार्षिकगत मुद्रास्फीति बढेर २० वर्षयताकै उच्च विन्दुमा पुगेको छ। हाल वार्षिकगत मुद्रास्फीति ७१ प्रतिशत रहेको छ। जुन गत जुलाईको तुलनामा ७।४ प्रतिशतले बढेको हो। ब्याजदर बढाउने निर्णयले मुद्रास्फीति कम गर्न निकै हद काम गर्नेमा अर्जेन्टिनाको केन्द्रीय बैंक आशावादी देखिन्छ। यसले देशको अर्थतन्त्र र विदेशी मुद्राको सञ्चिती बढाउन पनि मद्दत पुग्ने बैंकको भनाइ छ। अर्जेन्टिनमा यो वर्षको अन्त्यसम्म मुद्रास्फीति ९० प्रतिशत पुग्ने अनुमान गरिएको छ।

Ad