Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अमेरिकाको मुद्रास्फीति उच्च विन्दुमा, फेरि बढ्यो ब्याजदर

२०७९ श्रावण १२ गते

बैंकिङ खबर/ अमेरिकाको मुद्रास्फीति ४० वर्षकै उच्च विन्दुमा पुगेको छ। बढ्दो महँगीलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याजदर वृद्धि गरेको छ। बैंकले लगातार दोस्रोपटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको हो।

अमेरिकामा संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने दरलाई २.२५ प्रतिशतबाट २.५ प्रतिशतमा पुर्याइएको छ। अमेरिकाको केन्द्रीय बैंकले अर्थतन्त्रमा मागको स्तर र मूल्य घटाउन मार्चदेखि ऋणको लागत बढाउँदै आएको छ। पत्रकार सम्मेलनमा फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अर्थतन्त्रको केही भाग सुस्त भएको बताउनुभयो ।

Ad